फोनिज गण्डकीको ८ बुंदे पोखरा घोषणापत्र जारी

महासंघको आगामी कार्य समिति पूर्ण समावेशी गर्न माग

पाेखरा | असार १४, २०८१

फोनिज गण्डकीको ८ बुंदे पोखरा घोषणापत्र जारी

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले भेलाले ८ बुंदे पोखरा घोषणापत्र जारी गरेको छ । 


पोखरामा आज (शुक्रबार) भएको भेला घोषणापत्र लेखन समितिका संयोजक दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा ८ बुंदे पोखरा घोषणापत्र जारी गर्दै सकिएको हो । समितिमा संघीय सल्लाहकार हुमबहादुर गुुरुङ, गण्डकी इन्चार्ज एमबि आस्थामगर, गण्डकी सल्लाहकार शान्ती गुरुङ र मनोज घर्तीमगर थिए । 


फोनिज गण्डकीले पोखरा घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघको महासंघको आगामी कार्य समिति पूर्ण समावेशी गर्न माग गरेको छ । यमहासंघको सदस्यता विवादको समाधान गर्दै निर्वाचन गर्न पनि महासंघको केन्द्रीय समितिसँग फोनिज गण्डकीले माग गरेको हो । महासंघको २७ औं महाधिवेशनले संस्थापकको विषयलाई टुङ्गो लगाउन विज्ञ समिति गठन गर्ने लिखित समझदारी गरिएको स्मरण गराउदै प्रतिबद्दता कार्यान्वयनको समेत माग गरेको संयोजक श्रेष्ठले बताए । 


घोषणापत्रमा आसन्न निर्वाचनमा आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, महिला तथा पछाडि परेका अल्पसंख्यक लोपोन्मुख जाति समुदाय, क्षेत्र, लिङ्गबाट प्रतिनिधित्व गर्ने पत्रकारलाई बढी भन्दा बढी केन्द्र, प्रदेश र जिल्ला कार्य समितिहरुमा समेट्न पत्रकार सम्बद्ध सबै संघ संस्थाहरुलाई फोनिज गण्डकी बिशेष आग्रह समेत गरेको छ । 


भेलाले फोनिज रजत जयन्ती बर्षभर विविध कार्यक्रम गरि मनाउने केन्द्रीय नीति अनुसार गण्डकी प्रदेश र मातहतका जिल्लाहरुमा रचनात्मक कार्यक्रम गरि मनाउने निर्णय समेत गरेको छ । 


यस्तै फोनिज सम्बद्द पत्रकारहरुलाई आफ्नो क्षमता अभिबृद्दि गर्दै आदिवासी जनजातीका मुद्दा, संस्कार संस्कृति, परम्परा, रैथाने प्रबिधि र भाषाका बिकास र अधिकारका मुद्दामा निर्भिकतापूर्बक कलम चलाउन आग्रह गर्दै प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभुतिको सुनिश्चिाताको लागि तिनै तहको सरकार र स्थानीय प्रशासकसँग माग गरेको छ । 


फोनिजले समावेशीकरणको संवैधानिक सिद्धान्तलाई आत्मसात गर्दै गण्डकी प्रदेश भित्र नियुक्त÷मनोनित हुने सरकारको सबै प्रकारका सञ्चार सम्बद्ध समिति÷संयन्त्तहरुमा आदिवासी जनजाती पत्रकारको प्रतिनिधित्वकालागि गण्डकी प्रदेश सरकार र सम्बद्ध सरोकारवालाहरुमा माग गरेको छ ।


 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्